खाजा खुवाउने निहुँमा ३५ लाख लुटियो

खाजा खुवाउने निहुँमा ३५ लाख लुटियो

काठमाडौँको लैनचौरमा ३५ लाख लुटपाट गर्ने दुई जना पक्राउ परेका छन् । प्रहरीवृत्त लैनचौरबाट खटिएको टोलीले लैनचौरको एउटा खाजा घरबाट उनीहरुलाई पक्रेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार पीडितलाई खाजा घरमा बोलाएर लुटपाट गरेको देखिएको छ । पोखराका ४० वर्षीय व्यक्तिसँग ३५ लाख रुपैयाँ लुट्ने नुवाकोट घर भई बूढानीलकण्ठ बस्ने २५ वर्षीय पेम्बा तामाङ र दाङ घर भई मालिगाउँ बस्ने ३४ वर्षीय शालिकराम नेपालीलाई पक्राउ गरेको हो ।

पक्राउ परेकासँग प्रहरीले एक थान मोबाइल, घडी एक थान र फलामको रड बरामद गरेको छ । उनीहरुलाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान गरिएको बताइन्छ । त्यसैगरी लुटपाटमा संलग्न फरार अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू