लकडाउनको समयमा जनस्तरबाट स्थानियलाई राहत र पशुपंक्षिलाई आहार !

लकडाउनको समयमा जनस्तरबाट स्थानियलाई राहत र पशुपंक्षिलाई आहार !

विश्वब्यापी कोरोना भाइरसको महामारी र त्यसको संक्रमणको कारण नेपाल पनि अछुतो रहन सकेन र यसको संक्रमण अहिले पनि बढ्दो छ । यसैकारण देश अहिले चालिसौ दिनको लकडाउन बाट गुजिरहेको छ र लकडाउनको अवधि अझै बढने प्रष्ट छ । यसैबिच विभिन्न समाजसेवी ‘व्यक्ति तथा संघ संस्था हरु व्यस्त छन । विभिन्न असहाय तथा दिनदु:खी नागरिकहरु  सडकमा तथा मठ मन्दिरमा भोकाएर रहेका पशुपंक्षिहरुलाइ खाना खुवाउन तथा राहत बाँडन् अघि सर्दै । यस्ता दाताहरु प्रति हृदय देखि नमन तथा आभार प्रकट गर्दै यो फोटो फिचर प्रस्तुत गरिएको छ ।

हनुमान ढोकामा स्थानीय तथा दानी व्यक्तिहरूको पहलमा खाना बाँडिदै ।

बोधिसत्व विहार बूढानीलकण्ठको तर्फबाट स्वयम्भूमा रहेका बाँदर तथा अन्य पशुपन्छीलाई आहारा बाँडिदै ।

स्वयम्भू भुइँखेलमा खाना खाँदै सर्वसाधारण ।

स्वयम्भू भुइँखेलमा खानाको लाइनमा सर्वसाधारण । वडास्तर तथा विभिन्न व्यक्तिगत समाजसेवीको सहयोगमा यहाँ हरेक दिन दिनदुःखीलाई भोजन खुवाइन्छ ।

स्वयम्भूमा कुकुरहरुलाइ खाना बाँड्दै महिला ।

भद्रकालीमा परेवाहरुलाइ दाना बाँड्दै ।

इचंगु नागार्जुन नगरपालिकामा स्थानीय दानीहरुबाट प्रदान गरिएको खाना खाँदै ।

इचंगु नागार्जुन नगरपालिकामा खानाको लागि लाम ।

इचंगु नागार्जुन नगरपालिकामा खाना बाँड्दै स्वंमसेवक ।

टिप्पणीहरू