काठमाडौँमा १८ सय ड्राइभरलाई चिट काटियो

काठमाडौँमा १८ सय ड्राइभरलाई चिट काटियो

ट्राफिक नियम उल्लङ्घन गर्ने १८ सय १७ जना ड्राइभर एकैदिन कारवाहीमा परेका छन् । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा उनीहरुलाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

फुटपाथमा पार्किङ गर्ने १४७ जना, मदिरा पिएर सवारी साधन चलाउने १४८ जना, तिब्र गतीमा सवारी साधन चलाउने ४० जना र जथाभावी यात्रु चढाउने तथा ओराल्ने ८३ जना ड्राइभरमाथि कारवाही गरिएको हो ।

ढोका खुल्लै राखेर सवारी चलाउने ५९ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने २५ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४२ जना र क्षमता भन्दा बढी यात्रु राख्ने १८ जना ड्राइभर कारबाहीमा परेका हुन् ।

टिप्पणीहरू