अमेरिकाका लागि नेपाली राजदूत अझै अलमलमा

अमेरिकाका लागि नेपाली राजदूत अझै अलमलमा

अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री अझै पनि अमेरिकी अधिकारीहरुसँग औपचारिक भेटघाटमा जुट्न सक्नुभएको छैन । वासिङ्गटन डिसीस्थित नेपाली राजदूतावास स्रोतका अनुसार खत्री अहिलेसम्म पनि अलमलमै हुनुहुन्छ ।

अमेरिकास्थित अन्य देशका कूटनीतिज्ञहरुको अगाडि नेपाली राजदूतलाई त्यहाँको राजनीति,कूटनीति र समाज कालो चश्मा लगाउनेले हात्ती छामे जस्तै भएको भनेर कुरा काट्नेहरु भेटिएका छन् । दूतावासका एक जना कर्मचारी भन्छन्, ‘महामहिम बिहान कार्यालय आउनुहुन्छ, त्यसपछि वारेसनामामा सही गर्नुहुन्छ,लगत्तै निवास फर्किनुहुन्छ ।’उनै राजदूत र दूतावासका कर्मचारीहरु हालै एउटा मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सहभागी भएपछि झन् धेरै आलोचना भएको हो । अहिले कुनै फुटबलको सिजन नभएको बताउँदै बाल्टिमोरस्थित एक जना नेपालीले भने, ‘दूतावासकोसमेत सहयोगमा बाल्टिमोरस्थित एउटा विवादास्पद संस्थाले आयोजना गरेको मैत्रीपूर्ण खेलमा राजदूत खत्री सहभागी हुनुभयो । राजदूत र दूतावासजस्तो गरिमामय व्यक्ति र संस्थाका कर्मचारी जसको निम्तो मान्न पनि आतुर भएपछि अहिलेको अवस्था देखिएको हो ।’यता स्वयम् दूतावासका कर्मचारीहरुले पनि सूचना प्रविधिसँग टाढा रहेका व्यक्ति राजदूत बनेको सिलसिला सुनाउँदै सप्ताहान्तमा आयोजना गरिने विभिन्न खानपिन कार्यक्रममा वास्तविकता बताउन थालेका हुन् । उनीहरुका अनुसार यसअघिका राजदूत डा. युवराज खतिवडाले अमेरिका पुगेपछि मात्र कर्मचारीकाे करकापमा पर्सनल ट्वीटर एकाउण्ट खोल्नुभएको थियाे । तर अहिलेका राजदूतकाे त्यसबारे हालसम्म कुनै अत्ताेपत्ताे नभएकाे कर्मचारीले बताएका छन् ।

टिप्पणीहरू