रगतको मूल्य पनि बढ्यो

रगतको मूल्य पनि बढ्यो

सरकारले रगतको मूल्य बढाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सबै रक्त सञ्चार केन्द्रलाई परिपत्र गर्दै रगतको मूल्य बढेको जानकारी गराएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गत चैत २२ गतेको सचिवस्तरीय बैठकले रगतको मूल्य बढाउने निर्णय गरेको हो ।अब प्रतियुनिट रगत सेवाशुल्कसहित आठसय १० देखि अधिकतम एक हजार ६४० कायम भएको प्रयोगशालाले जनाएको छ । यसअघि रगतको मूल्य प्रतियुनिट पाँचसय २५ रुपैयाँ थियो । प्रयोगशालाका अनुसार ब्लड ब्यागको यसअघि ८० रुपैयाँ पथ्र्यो । अहिले एकसय ५० रुपैयाँ कायम गरिएको छ । ३० रुपैयाँ पर्ने ट्रान्सफ्युजन सेटको मूल्य एक सय रुपैयाँ तोकिएको छ ।

टिप्पणीहरू