एकीकृत समाजवादीका सबै मन्त्रीको राजीनामा आउनै लाग्यो

एकीकृत समाजवादीका सबै मन्त्रीको राजीनामा आउनै लाग्यो

नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेपछि शहरी विकास मन्त्री रामकुमारी झाँक्री राजीनामा बुझाउन जान लाग्नुभएको छ ।

जीवनराम श्रेष्ठ,मेटमणी चौधरी र समिना हुसेन नयाँ मन्त्री बन्ने संभावना छ । समाजवादीले सबै मन्त्रीलाई २४ घण्टाभित्र फिर्ता बोलाएर उनीहरुको ठाउँमा नयाँ पठाउने निर्णय गरेको छ ।

शनिवार बसेको सचिवालय बैठकले मन्त्री फिर्ता बोलाउने र नयाँ पठाउने व्यक्तिको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष माधव नेपाललाई दिएको थियो । उपमहासचिव गंगालाल तुलाधरले मन्त्री फिर्ता बोलाउने निर्णय भएको र नयाँ नामको टुंगो लगाउन अध्यक्षलाई जिम्मा दिएको बताउनुभयो ।

‘मन्त्रीहरूलाई ६ महिनाका लागि भनेर पठाएका थियौं,अहिले ६ महिनाभन्दा बढी भइसक्यो । उहाँहरूसँग शीर्ष नेताहरूले छलफल गरी समझदारी गर्छाैँ,’ उहाँले भन्नुभयो, ‘उहाँहरूलाई पार्टीले पठाएको हो । पार्टीले फिर्ता बोलाउँदा आउनुहुन्छ । पार्टीको निर्णय सबैले मान्नुपर्छ ।’

एकीकृत समाजवादीबाट मन्त्रिपरिषदमा एक राज्यमन्त्रीसहित पाँच जना मन्त्री छन् ।

टिप्पणीहरू