२१ अर्ब बढीको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

२१ अर्ब बढीको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले भोलि २१ अर्ब नौ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बोलकबोलका माध्यमद्वारा बिक्री गर्न लागिएको उक्त ट्रेजरी बिल खरिदको लागि अपरान्ह तीन बजेसम्म आवेदन दिन सकिनेछ ।

जेठ २४ गते जारी मिती तोकिएको ट्रेजरी बिल खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने कूल ट्रेजरीमध्येमा ९१ दिने अवधिको चार अर्ब २६ करोड, एक सय ८२ दिने अवधिको १० अर्ब र तीन सय ६४ दिने अवधिको छ अर्ब ८३ करोड रुपैयाँको रहेको छ ।

यसरी बिक्री गरिने कूल ट्रेजरीमध्येमा पुरानो नविकरणअन्तर्गत १६ अर्ब नौ करोड र बाँकी पाँच अर्ब रुपैयाँको रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यी ट्रेजरी बिलहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ भदौ २१ गते, २०७९ भदौ २० गते र २०८० जेठ २३ गते तोकिएका छन् । यसअघि यही जेठ १६ गते पनि राष्ट्र बैंकले २३ अर्ब १३ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

टिप्पणीहरू