पानी र बिजुली दुवै भारततिर

पानी र बिजुली दुवै भारततिर

नेपालले अस्ति रातिदेखि भारतलाई बिजुली बेच्न थालेको छ । नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको कालीगण्डकी ए को १४० मेगावाट,त्रिशूली जलविद्युतको २३.२ मेगावाट र देवीघाटको १४.५ मेगावाटसहित १७७.७ मेगावाट विद्युत भारत पठाइएको हो ।

नेपालले पहिलो पटक अस्ति राति १२ बजेदेखि भारततर्फ विद्युत निर्यात गर्न थालेको हो । वर्षायामसँगै नेपालमा जलविद्युत उत्पादन धेरै हुने र भारतमा बिजुलीको माग उच्च हुने भएकाले यो वर्षबाट उता निर्यात गरिएको बताइएको छ ।

हिउँदमा नेपालमा कम उत्पादन हुने भएकाले भारतबाट बिद्युत ल्याउने गरिन्छ । ती सबै बिजुली उत्पादन भएपछिका पानी पनि कोशी,गण्डकी र कर्णालीलगायतका नदी भएर भारततर्फ बग्ने गरेको छ । नेपाललाई पानी आवश्यक पर्ने हिउँदयाममा ती नदीका अधिकांश पानी पनि उतै लाने गरिएको छ ।

टिप्पणीहरू