मेयरको ढोकैमा फोहोरको डङ्गुर

मेयरको ढोकैमा फोहोरको डङ्गुर

राजधानी काठमाडौं विगतमा झैँ यो वर्ष पनि फोहोरको पर्यायवाची बनेको छ । केही सातादेखि फोहोर नउठ्दा शहर गन्हाउन थालेको छ । सरुवा रोगको सम्भावना बढेको छ ।

यता महानगरपालिकाको वातावरण व्यवस्थापन तथा कृषि विभाग ट्रान्सफर स्टेशन टेकुको ढोकामै स्थानीयले फोहोर बोेकेको गाडी रोकेका छन् । स्टेशनको ढोकामा धर्ना दिएकाले केही दिनदेखि त्यहाँको काम ठप्प छ ।

टेकु आसपासका स्थानीय बासिन्दाले फोहोरका कारण दुर्गन्ध फैलिनुका साथै विभिन्न प्रकारका रोग फैलिएको भन्दै फोहोरलाई स्टेशनमा ल्याउन नदिएका हुन् । उल्टै उनीहरुले स्टेशनमा जम्मा गरेर राखिएको फोहोर तत्काल हटाउनु पर्ने माग राखेका छन् ।

उनीहरु आज पनि बिहान ६ बजेदेखि धर्नामा बसेका छन् ।

टिप्पणीहरू