पोखरा हारेको एमालेले दुई भोटले कास्की जित्यो

पोखरा हारेको एमालेले दुई भोटले कास्की जित्यो

पोखरा महानगरको नेतृत्व गुमाएको नेकपा एमालेले जिल्ला समन्वय समिति कास्कीको प्रमुख भने मज्जैले हात पारेको छ । सत्ता गठबन्धनलाई पराजित गर्दै एमालेले जिसस प्रमुख र उपप्रमुखसहित सबै सदस्य जितेको हो ।

जिसस प्रमुखमा लीलाधर पौडेल निर्वाचित भएका छन् । पोखरा महानगर-२२ बाट वडा सदस्यमा चुनिएका उनले ६ भोट ल्याएर निर्वाचित हुँदा गठबन्धन उम्मेदवार कांग्रेसका दीपेन्द्र ढकालले ४ भोट पाए ।

उपप्रमुखमा पनि एमालेकै सरिता कुमाल विजयी भएकी छन् । उनले गठबन्धनका उम्मेदवार माओवादी केन्द्रकी उषा थापालाई हराएकी हुन् ।

५ पालिका रहेको कास्कीमा एमालेले २ पालिका प्रमुख र ४ पालिका उपप्रमुख जितेको थियो । कांग्रेसले २ पालिका अध्यक्ष र १ पालिका उपाध्यक्ष तथा एकीकृत समाजवादीले पोखरा महानगरको प्रमुख जितेको छ ।

सदस्यहरुमा एमालेकै गणेशबहादुर घर्ती,लक्ष्मी दमै,सीतादेवी बिक, सुकमाया नेपाली, बालिका सुवेदी,राजु अधिकारी र हरेकबहादुर गुरुङ निर्वाचित भएका छन् ।

टिप्पणीहरू