अन्तर्घात गरेको भन्दै कमरेडको लुगा च्यातियो

अन्तर्घात गरेको भन्दै कमरेडको लुगा च्यातियो

रुपन्देहीमा एमालेकाे युवा संघले चुनाव हराउन भूमिका खेल्नेहरुलाई भाैतिक कारवाही गर्ने संकेत देखाएकाे छ । यसै हप्ता वडास्तरीय समीक्षा बैठक जिल्लाभरि सम्पन्न भएका छन् जसमध्ये भैरहवाकाे बैठकमा वडा नम्बर ८ का सह इन्चार्ज कमल भुसाललाई रामधुलाई गरिएकाे छ । एमालेकाे सह इन्चार्ज भएता पनि राप्रपाको निम्ति मत मागेकाे, वडाध्यक्षका आफ्ना उम्मेदवार उमेश थापा र मेयरका उम्मेदवार डा.बस्याललाई हराउन खुलेआम प्रचार गरेकाे भन्दै बैठकमै टिसर्ट च्यातिने गरी कार्यकर्ता र अरु नेता मिलेर उनलाई पिटेका हुन् ।

एमालेकाे एउटा समूहले लिखित कारवाही गरेर केही नहुने भन्दै अन्तरघात गर्ने, आधिकारिक उम्मेदवार हराउनेगरी सामाजिक सन्जालमा पाेस्ट गर्ने, असहयाेग गर्ने अरुकाे लिस्टसमेत तयार पारी पार्टी कार्यालयमा प्रवेश निषेध गर्ने तथा आवश्यक परे भाैतिक सजाय दिने सुझाव दिएकाे छ ।

टिप्पणीहरू