पाँचदलीय गठबन्धन टुटाउन एमाले र उसका अध्यक्ष उध्यत : माधव नेपाल

पाँचदलीय गठबन्धन टुटाउन एमाले र उसका अध्यक्ष उध्यत : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा पराजय व्यहोरेको एमालेले पाँचदलीय गठबन्धन टुटाउन प्रधानमन्त्रीको अफर बाँड्दै हिँडेको बताउनुभएको छ ।

आज सुर्खेतमा आयोजित कार्यक्रममा नेपालले भन्नुभयो,”प्रधानमन्त्रीको कार्ड प्रयोग गरेर मान्छेलाई मूर्ख बनाउन सकिन्छ भन्ने एमाले र उसका अध्यक्षको ठूलो भ्रम हो ।’ ओलीको चालबाजी हामीले बुझेका छौं भन्दै उहाँले, ‘धोका दिनेको बिजोग हुने” चेतावनीसमेत दिनुुभयो ।

अध्यक्ष नेपालले माओवादी अध्यक्ष प्रचण्डसहित आफूलाई प्रलोभन आएको संकेत गर्दै आफू कुनै पनि प्रकारको लोभमा नफस्ने प्रष्ट पार्नुभयो । अहंकारी र षड्यन्त्रकारीहरूले विभिन्न खालका भ्रम फैलाए पनि उहाँले आगामी निर्वाचनसम्म गठबन्धनमा असर पर्ने काम नगर्नेसमेत बताउनुभयो ।

भन्नुभयो, ‘कसैले चाहेर पनि अहिलेको सत्ता गठबन्धन टुटाउन सकिँदैन । स्थानीय तहको निर्वाचन परिणामको समीक्षा गर्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम रहनेछ ।’

टिप्पणीहरू