नेपाल चेम्बर अफ कमर्सद्धारा ट्राफिक प्रहरी महाशाखा र टेकु हस्पिटललाई माक्स हस्तान्तरण ।

जन आस्था
२३ चैत्र २०७६, आईतवार १६:००

विश्वभर फैलिरहेको कोरोनाभाइरस (कोविड १९)बाट सुरक्षित रहन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र उपाध्यक्ष दिपक मल्होत्राद्धारा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकाललाई २५ सय माक्स र ५ सय जोडी पन्जा हस्तान्तरण गरिएको छ ।

यसका साथै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र उपाध्यक्ष दिपक मल्होत्राद्धारा टेकु हस्पिटल (शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल) का डाक्टर राजेश शाहलाई १ हजार माक्स पनि हस्तान्तरण गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*