पल्टन सार्ने रोकियो प्लान

जन आस्था
१५ असार २०७७, सोमबार १३:००
[post-views]

बेलै नपुगी यो झरीका बीच पल्टन सरुवाको प्लानबारे जनआस्थामा अस्ति सिपाहीहरुको दुखेसो प्रकाशित भएको थियो ।

सिन्धुपाल्चोकको मेलम्चीस्थित सेनाको नं.२ हवाई सेवा गणलाई काभेपलाञ्चोकको भकुण्डेबेसीस्थित ९ नम्बर बाहिनी बसेको ठाउँ नजिकै डाँडाको खाली जग्गामा पुनर्स्थापित गर्ने तयारी तुहिएको छ ।

मेलम्ची खानेपानीको सुरक्षा पनि त्यसैले हेर्दै आइरहेको छ । प्राविधिक रूपले सेनाको कुनैपनि इकाईलाई भौगोलिक रूपमा खाल्डोमा राख्न हुँदैन । त्यसमा पनि हवाई सेवाको इकाई अग्लो ठाउँमा राख्ने गरिन्छ । ताकि आकाशतिर तोप सोझ्याएर हवाइसीमा उल्लंघन गर्ने शत्रुका जहाजलाई खसाल्न सकियोस् !  तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीको पालामा  धनकुटा र दिपायल ब्यारेकको फौजलाई मर्ज गरेर बनाइएको नं. २ जगदल गणलाई मेलम्ची लगिएको थियो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले ‘गहिरो भूभागमा रहेको एअर डिफेन्स आर्टिलरीलाई डाँडामा रिलोकेट गर्न शुरुदेखि नै निर्देशन दिइसकेको’ स्रोतले बताएको छ । अब भने मेलम्ची खानेपानी परियोजना सुरक्षाको जिम्मा प्रहरीलाई दिनेगरी उक्त गण पुनर्स्थापनाको काम हुनै लाग्दा अन्तिम क्षणमा स्थगित भएको हो ।

बेलै नपुगी यो झरीका वीच पल्टन सरुवाको प्लानबारे जनआस्थामा अस्ति सिपाहीहरुको दुखेसो प्रकाशित भएको थियो !

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*